पोखरा महानगरपालिकाको दीर्घकालीन सोच “पोखरा २१००” अवधारणापत्र सार्वजनिक

पोखरा, २१ असार/ पोखरा महानगरपालिका बदलिएको राजनीतिक व्यवस्थामा प्रथम पटक निर्वाचित सरकारको नेतृत्व आम पोखराबासीको उत्कट चाहना र त्यसका लागि योगदान गर्ने दृढसंकल्प अनुरुप महानगरको दीर्घकालीन सोच (Long-term Vision) निर्धारण गरेर सोही अनुरुप आगामी वर्षहरुमा हुने विकास, निर्माणलाई मार्गदर्शन गर्ने हेतुले यो “पोखरा २१०० तथा रणनीतिक योजना २०७७—८२” तर्जुमा गरी कार्यान्वयन गर्न अग्रसर भएको छ ।

नेपाल सरकारशहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सुदृढ—नेपाल शहरी उत्थानशीलता परियोजनाको प्राविधिक टोलीले विभिन्न चरणमा विषयविज्ञ र सरोकारवालाहरूसँग छलफल, परामर्श तथा कार्यशाला गरी संकलित राय, सुझाव र वस्तुगत विश्लेषणका आधारमा यो दीर्घकालीन सोच तथा रणनीतिक योजना (Long Term Vision and Strategic Plan) को प्रतिवेदन तयार गरिएको छ ।

यस दीर्घकालीन सोचको अवधारणापत्र तर्जुमा गर्नुका मुख्य उद्देश्य यस प्रकार छन् ः
 महानगरको विकास प्रयासलाई आगामी २५ वर्षमा कुन दिशातर्पm डो¥याउने भन्ने निर्धारण गर्न ।

 महानगरको विकासमा खास योगदान पु¥याउने अग्रणी क्षेत्रहरु पहिचान गरि नगरको आर्थिक विकासलाई थप उत्थानशील, दिगोे र समावेशी बनाउन ।

 महानगरको आवधिक योजना, क्षेत्रगत रणनीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि मार्गनिर्देशक सिद्धान्तहरु निर्धारण गर्न ।

पोखरा महानगरपालिकाको दीर्घकालीन सोच

पोखरा महानगरपालिकाको दीर्घकालीन सोच तथा समावेशी स्थानीय आर्थिक योजना तर्जुमा कार्यशाला गोष्ठीमा प्रस्तुत विचारहरू, सहभागीबीचको छलफल, विषयविज्ञहरूको सुझाव तथा परामर्शको साथै पोखराको विद्यमान वस्तुस्थिति, महानगरपालिकाका जनप्रतिनिधिहरुको सोचको आधारमा विकासका सम्भावना र नगरवासीले चाहेको अवस्थालाई मध्यनजर गर्दै “पोखरा २१००” को दीर्घकालीन सोच देहाय बमोजिम तय गरिएको छ ।

“समुन्नत पर्यटकीय पोखरा”
परिभाषा

‘समुन्नत शहर’ को संकथनले दक्ष, इमान्दार एवं प्रतिबद्ध मानव संसाधनको उच्चतम व्यवस्थापनद्वारा समावेशी, विविधीकृत एवं नवप्रवर्तनात्मक आर्थिक विकासका माध्यमबाट हासिल गरिएको आनन्दमय शहरको छविलाई चित्रित गर्न खोजिएको छ । यसभित्र वृत्ताकार तथा हरित अर्थतन्त्रको अधिकतम प्रवद्र्धन, पूर्वाधार सञ्जाल तथा सन्निकटता र विकास प्रतिफलको समन्वायिक वितरण जस्ता अवधारणा समाविष्ट छन् ।

पर्यटकीय शहर

पोखरा नेपालको मात्र नभई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये पर्दछ । यहाँको प्राकृतिक ताल, हरियाली डाँडा तथा पृष्ठभूमिमा माछापुच्छ्े, अन्नपूर्ण हिमश्रृंंखला र यहाँको साँस्कृतिक विविधताले आफ्नै पहिचान बोकेको छ । साथै पोखराको भौगर्भिक संवेदनशीलता तथा विपद् र जलवायु परिवर्तनजन्य जोखिमको उच्च सम्भावनालाई ध्यानमा राख्दै गरिने भौतिक पूर्वाधारको विकास तथा व्यवस्थापन, सामाजिक सुरक्षाको प्रत्याभूति एवं सांस्कृतिक सहिष्णुता तथा सामाजिक सद्भाव र सहअस्तित्वले पोखराको पर्यटकीय महत्तालाई अझ बढी ओजपूर्ण बनाउनेछ ।
अनुपम सौन्दर्यको संरक्षण र संवद्र्धन गर्दै व्यवस्थित शहरी विकासको फलस्वरूप प्राप्त हुने नगरको चिटिक्क, सफा र मनोरम स्वरुपलाई इंगित गर्न खोजेका छन् । यो मनोरम स्वरुपलाई दिगो र चिरन्तन रुप दिनका लागिसाँस्कृतिक एवं जातीय विविधताको सम्मान एवं प्रवद्र्धन अत्यन्त अपरिहार्य छ । माथि दिइएको परिभाषाको मर्मभित्र रहेका मुख्य शब्दावलीहरुलाई तल चित्रमा देखाइएको छ ।

निर्देशक सिद्धान्त

पोखरा महानगरलाई ताल र हरियालीको संरक्षण तथा संबद्र्धन गर्दै समुन्नत पर्यटकीय नगरी बनाउने दीर्घकालीन सोचलाई देहायका मान्यताहरुले मार्गदर्शन गरेका छन् । यो मार्गदर्शन नेपालको संविधानको भाग १ धारा ४ मा उल्लेख भए बमोजिम नेपालको अर्थतन्त्रलाई समाजवादतर्फ उन्मुख गराउने दिशामा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा केन्द्रित छ ।

साथै यसले उत्पादनमुखी, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्तसम्बन्धी धारा ५१ (घ)(१) अनुसार तीन खम्बे अर्थनीति (सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागिता) को अबलम्बन गर्नेछ । त्यसैगरी, यो मार्गदर्शनको अवलम्बनद्वारा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप दिगो विकास लक्ष्य (वि.सं. २०७३–२०८७) लाई स्थानीय स्तरमा मूल प्रवाहीकरण गरिनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई यथार्थमा बदल्न पोखरा महानगरपालिका कटिबद्ध छ ।

यस क्रममा, समृद्धिका चार मुख्य सूचक – उच्च र समतामूलक राष्ट्रिय आय, मानव पूँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवम् आबद्धता तथा उच्च उत्पादन र उत्पादकत्वलाई पूर्ण रुपमा आत्मसात्गरिएको छ । त्यसैगरी सुखी नेपालीका लागि छ वटा प्रमुख सूचकः परिष्कृत तथा मर्यादित जीवन, सुख, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन, सबल लोकतन्त्र तथा राष्ट्रिय एकता र सम्मानलाई पनि यो दीर्घकालीन सोचमा अँगालिएको छ ।

उपर्युक्त मार्गदर्शनका अधीनमा रही यो दीर्घकालीन सोचका निर्देशक सिद्धान्तहरु देहायबमोजिम हुनेछन्
१) योजनाबद्ध ढंगबाट गरिएको सुव्यवस्थित शहरी विकास नै शहरको सौन्दर्य, सुरक्षा र समुन्नतिको प्रथम प्रस्थानविन्दु हो भन्ने अवधारणालाई आत्मसात् गर्दै पोखराको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, विपद् तथा जलवायु परिवर्तन–उत्थानशील भवन एवं भौतिक संरचना, पूर्वाधार सन्जाल तथा सन्निकटता एवं शहरी सुशासनलाई केन्द्रीय प्राथमिकतामा राखिनेछ ।

२) समावेशी, समन्यायिक एवं विविधीकृत आर्थिक विकासका अवसरको विकास र विस्तार विना शहरको समुन्नति सम्भव छैन भन्ने अर्को स्थापित मान्यतालाई यो दीर्घकालीन सोंच तथा आर्थिक विकास योजनाले आत्मसात् गरेको छ । यो सोंचलाई साकार पार्नका निमित्त लगानी तथा व्यवसायमैत्री वातावरणको प्रवद्र्धन, सरकारको विवेकपूर्ण नियमन तथा प्रोत्साहन, नवप्रवर्तन एवं वृत्ताकार एवं हरित अर्थनीति जस्ता नवीन एवं आधुनिक अवधारणाहरुलाई अवलम्बन गरिएको छ ।
३) त्यसैगरी नागरिक सचेतना तथा जिम्मेवारीबोध, सामाजिक सद्भाव, सहिष्णुता एवं सह(अस्तित्व, समभाव र समानुभूति जस्ता मानवीय मूल्य र मान्यताको आन्तरिकीकरण तथा संस्थागतीकरण विना हाम्रो अपेक्षा र चाहनाबमोजिम पोखराको रूपान्तरण सम्भव नहुने भएको हुँदा यी मान्यतालाई समेत प्रस्तुत दीर्घकालीन सोच तथा आर्थिक योजनाले उच्च स्थान दिएको छ ।

समष्टिगत लक्ष्य तथा उद्देश्य

लक्ष्यः यस दीर्घकालीन सोचलाई वास्तविकतामा परिणत गर्नका लागि शहरको विद्यमान आर्थिक स्थिति, पूर्वाधार विकासको अवस्था, शहरी सुरक्षा तथा सुशासनका क्षेत्रमा उल्लेखनीय सुधार गरी पोखरा महानगरलाई मुलुककै मात्र नभई अन्तर्राष्ट्रिय स्तरकै सुन्दर, सुरक्षित तथा समुन्नत पर्यटकीय शहरका रुपमा स्थापित गरिनेछ । उल्लिखित लक्ष्य प्राप्तिका लागि देहायका उद्देश्यहरू निर्धारण गरिएको छ ः

– शहरको आर्थिक विकासको चरित्रलाई विविधीकृत, समावेशी तथा समन्यायिक बनाई आर्थिक वृद्धिको गतिलाई तीव्र बनाउने ।
– शहरी भवन तथा पूर्वाधार संरचनालाई सुरक्षित तथा सुव्यवस्थित बनाउँदै शहरी सेवा तथा सुविधामा शहरबासीको सहज पहुँच स्थापित गर्ने ।
– शहरको प्राकृतिक सौन्दर्य तथा साँस्कृतिक सम्पदाक संरक्षण तथा सम्बद्र्धन गरी पोखरा महानगरलाई दिगोे पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने ।

– नगर तथा नगरबासीमा सामाजिक सद्भाव, सहिष्णुता एवम् सहअस्तित्वको विकास गरी पोखरा महानगरलाई एक आदर्श नगरका रुपमा प्रतिष्ठित गर्ने ।
– शहरको सर्वतोमुखी विकास र समुन्नतिकालागि आवश्यक नीति तथा कानुनको तर्जुमा, संस्थागत संरचनाको निर्माण तथा सक्षम एवम् उत्प्रेरित मानव संशाधनको विकास गरी शहरी सुशासन प्रत्याभूत गर्ने ।

– हालको पोखरा महानगरपालिकाभित्र घना बस्तीयुक्त शहर बजार र छरिएका पातला बस्ती तथा न्यून पूर्वाधारयुक्त गाउँहरु पनि रहेको सन्दर्भमा दुवै क्षेत्रको सन्तुलित तथा न्यायपूर्ण आर्थिक बृद्धि तथा रोजगारीका लागि निरन्तर प्रयत्न र पहल गर्दै रहने ।

कमेन्टहरु
Loading...