पोखरा चार मतदानस्थल नजिकै बम विस्फोट

पोखरा, १४ मंसिर / पोखराको चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भएको छ । उपनिर्वाचनालाई लक्ष्त गर्दै पोखराका चारवटा मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।

पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल, पोखरा १६ वडा शान्ती माबी मतदानस्थल, पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयको मतदानस्थल र पोखरा १६ चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो ।

बम विस्फोटबाट कुनै क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो । बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा परेका जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...