पोखरा उपनिर्वाचनः मत अन्तर बढाउदै विद्या

पोखरा, १५ मंसिर / कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेकी छन् । ५ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार ६ सय ४५ मतले विद्या अगाडी छन् ।

भट्टराईले १३ हजार ७ सय ६५ मत पाएकी छिन् भने काँग्रेसका खेमराज पौडेलले ७ हजार १ सय २० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म वडा नम्बर १६, १७, २०, २१ र ३३ को मतगणना सकिएको छ । पछिल्लो मत गणना सकिएको वडा नम्बर १६ मा मात्रै ८ सय ८ मतले विद्या अगाडी भएकी छन् । त्यसै गरी वडा नम्बर १७ मा नेकपाले १ हजार ३ सय ६७ मतले काँग्रेसलाई पछि पारेको छ ।

वडा नम्बर २१ मा विद्याको ३ हजार ५ सय १९ र खेमराजले ९ सय ७९ मत प्राप्त गरेका छन् । पोखरा ३३ को मतगणना सकिदा नेकपा उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन् भने नेपाली काँगेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...