पोखरालाइ खेलकुद राजधानी बनाइने

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ ।

पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै अघि बढाई खेलकुदका पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च गर्न लागिएकोे जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री केसीले नेपाल भलिबल संघका सल्लाहकार तथा मुस्ताङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रेमप्रसाद तुलाचन र भलिबल खेलाडी नवीनकुमार गुरुङलाई सम्मान गर्नुभयो ।

कमेन्टहरु
Loading...