पोखरामा सिलीन्डर ग्यास बम पड्काउने प्रयास विफल

पोखरा, २७ कात्तिक/अज्ञात समुह द्धारा पोखराको अमरसिंह चोकमा सिलीन्डर बम पट्काउने प्रयास कास्की प्रहरीले बिफल पारेको छ । आज राती करिब ८ बजे अमरसिंह चोकमा सिलीन्डरमा आगो लगाएर पड्काउने प्रयास भए पनि पुर्ण रुपमा सल्किन नपाउदै प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।silindr
उक्त घटनाले स्थानियहरु त्रसित भएका छन् । पोखरामा भोलि हुने ऐ माओबादीको कार्यक्रममा माओबादी अध्यक्ष्य प्रचन्ड आउने भएकोले उक्त घटना घटाउन खोजिएको हुन सक्ने अनुमान प्रहरीले गरिएको छ । यतिबेला उक्त ठाउमा ठुला मात्रामा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

कमेन्टहरु
Loading...