पोखरामा बालबालिका स्थितिपत्र विमोचन

पोखरा, २२ असार/ पोखरा महानगरपालिका वडा नम्बर ९ मा भएका बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र विमोचन गरिएको छ ।

बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनु पर्ने बताए । उनले अभिभावकको आनीबानी, आचारणलाई बालबालिकाले पछ्याउने हुँदा बालबालिकासँग राम्रो व्यवहार गर्नुपर्ने बताए ।

अभिभावकको गलतक्रियाकलपाले कतिपय बालबालिका सडकमा आउन बाध्य भएको घटना सामाजमा हुने गरेकाले बालबालिका बालमैत्री वातावरण बनाउनु अभिभावकको दायित्व र जिम्मेवारी भएको बताए । कार्यक्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिका राष्ट्रको भविश्य भएको बताइन् । उनले बालबालिकालाई सही तरिकाले लगानी गरे मात्र त्यसको प्रतिफल राम्रो आउने बताइन् ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले बालबालिकाको स्थितिपत्रले बालबालिका सम्बन्धी नीति, योजना बनाउन सहयोग पुग्ने बताए । पुस्तकमा बालबालिका सम्बन्धी विभिन्न ४३ वटा सूचकांकलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको सम्पादक भावना श्रेष्ठले बताइन् ।

वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राममाया मानन्धर, वडा सचिव लोकदर्शन रेग्मी, वडा नम्बर ९ बाल क्लबका सचिव सुशन श्रेष्ठले बालबालिकाको बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...