पोखरामा ठुलो मात्रमा लागूऔषध सहित एक जना पक्राउ

पोखरा, १० मंसिर / लागूऔषध नियन्त्रण व्युरो पोखराले ठुलो मात्रमा विभिन्न लागू औषध सहित १ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मुजापुर जिल्ला घरभई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा बस्दै आएका २८ वर्षिय आकाश कुमारलाई पक्राउ गरेको हो ।

पोखराका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद, विक्रि वितरण, ओसारपसार तथा सञ्चय समेत गर्दछन् भन्ने विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले निजकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकेटमा लुकाई छिपाई राखेको लागूऔषध बुर्फिनर्फिम १२० एम्पुल ,डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल गरी जम्मा ३६० एम्पुल लागूऔषधसहित निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...