पोखरामा चुनावीस्थल नजिकै बम विस्पोट, तीन जना घाइते

पोखरा, ११ मंसिर / पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् ।

बुधबार पोखरा महानगरपालिका ९ स्थित प्रदर्शन केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटमा परि तीन जना सामान्य घाइते भएका छन् । घाइते मध्ये धनादेवि विकको टाउकोमा चोट लागेको छ ।

विस्फोटबाट पार्किङमा रहेको दुईवटा बसमा क्षती पुगेको छ । बसका सिसा फुटेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी र शसस्त्रप्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ ।

विप्लव समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । बम विस्पोट हुदाँ आमसभालाई सुवाचन्द्र नेम्वाङले सम्बोधन गरीरहेका थिए ।

तस्विर : जीवन सुवेदी

कमेन्टहरु
Loading...