पोखरामा चारवटा वडाको मतगणना गर्दा विद्या फराकीलो अन्तरले अगाडी

पोखरा, १५ मंसिर / कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेको छ । ४ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार मतले नेकपा अगाडी छ ।
विद्या भट्टराईले ५ हजार ९ सय ५० मतको अग्रता लिएकी छिन् ।

भट्टराईले ११ हजार ८ सय ३६ मत पाएकी छिन् भने काँग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । अहिलेसम्म वडा नम्बर १७, २०, २१ र ३३ को मतगणना सकिएको छ । पछिल्लो मत गणना सकिएको १७ नम्बर वडामा नेकपाले १ हजार ३ सय ६७ मतले काँग्रेसलाई पछि पारेको छ ।

वडा नम्बर २१ मा विद्याको ३ हजार ५ सय १९ र खेमराजले ९ सय ७९ मत प्राप्त गरेका छन् । पोखरा ३३ को मतगणना सकिदा नेकपा उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन् भने नेपाली काँगेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ३३मा समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन् ।

अहिले पोखरा २१ मतगणना भईरहेको छ भने वडा नम्रब १७ को रुजु भई रहेको छ । वडा नम्बर २१ मा ७ हजार ३ सय ७२ जना मतदाता रहेकोमा ४ हजार ७ सय ४२ मत खसेको थियो ।
कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...