पोखरामा उपनिर्वाचनमा मतदान शुरु

पोखरा, १४ मंसिर / पोखरामा उपनिर्वाचनका लागि मतदान शुरु भएको छ । विहान ७ बजेबाट शुरु भएको मतदान साझँ ५ बजे सम्म चल्लने छ । पोखरामा कास्की २ मा प्रतिनिधिसभाको मतदान भइरहेको छ ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि लागि ३२ मतदानस्थलका मा ८२ केन्द्र रहेको सम्पुण तयारी सकिएको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतदान केन्द्रमा उत्तिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी परिचालन भएका छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, कर्मचारी २ जना र सहयोगी १ गरी कुल ५ जना रहने व्यवस्था मिलाइएको छ ।

कास्की क्षेत्र २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । उपनिर्वाचनको सुरक्षाका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ ।

कमेन्टहरु
Loading...