पोखरामा दोस्रो कोरियाली चलचित्र महोत्सव सम्पन्न

पर्यटकीय नगरी पोखरामा दोस्रो कोरियाली चलचित्र महोत्सव सम्पन्न भएको छ ।

दक्षिण कोरियामा कसरी विकास भयो र कोरियालीको जीवनस्तर कसरी अगाडि बढ्दैछ भन्ने सन्देश दिने दुई चलचित्र प्रदर्शन गरिएको नेपाल कोरिया मैत्री संघका अध्यक्ष मदन केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकले नेपाल पर्यटकीय सम्भावना बोकेको मुलुक रहेको बताउँदै पोखरामा कोरियाली पर्यटक भित्रयाउन आफूले पहल गर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...