गण्डकी प्रदेशमा ८ जनामा कोरोना संक्रमण, पोखरामा दुई महिलामा देखियो

पोखरा, २१ असार/ गण्डकी प्रदेशमा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भए सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या १०९६ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की, तनहुँ र बागलुङमा २/२ जनामा, लमजुङ र गोरखामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कतारबाट पोखरा आएर क्वारेन्टिनमा बसेका थिए । यो सगँ पोखरामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सगँ तनहुँमा १ सय ३८ जना र बागलुङमा २ सय ३ जनामा अहिले सम्म कोरोना संक्रमण देखिएको छ । आइतबार बिहान तनहुँको व्यास नगरपालिकामा ६ बर्षिय बालकमा र शुक्लागण्डकी नगरपालिकाका २८ बर्षिय पुरुष, बागलुङको कोठेखोला गाउँपालिकाका २४ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरि लमजुङको राइनास नगरपालिकामा ४८ बर्षिय पुरुष र गोरखाको गोरखा नगरपालिकाका ५३ बर्षिय पुरुषमा कोरोना देखिएको उनले बताए । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताए ।

गण्डकीमा अहिले सम्म २ सय ९६ जना कोरोना जिते घर फर्किएका छन् भने ४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बागलुङमा एक जनोको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट बाग्लुङका एक पुरुषको मृत्यु भएको छ । भारतबाट नेपाल आएको २१ औं दिनमा उनको मृत्यु भएको हो । परिवार सहित मजदुरी गर्न गएका उनको भारतमै क्षयरोगको उपचार गरिएको थियो ।

तर २९ वर्षीय श्रीमान्को उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमती छोरा छोरी सहित बिरामी श्रीमान्लाई लिएर असार १ मा गाउँ फर्किएकी थिइन् । उनी क्वारेन्टिन मै रहेको बेला उनको मृत्यु भएको हो । मृत्यु पछि उनको कोरोना पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...