गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ सय नाघ्यो

पोखरा, २२ असार / गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ ।

लमजुङको वेशीशहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, क्लोलासोथर गाउँपालिकामा २, साइनास नगरपालिका, दोर्दी गाउँपालिकामा र मध्यनेपाल नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै बागलुङको बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जना, ढोरपाटन नगरपालिकामा १ जनामा संक्रमण देखिएको शर्माले जानकारी दिए । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २२ देखी ५३ बर्ष उमेर समुहका छन् ।

संक्रमितलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी शर्माले जानकारी दिए । गण्डकीमा अहिले सम्म २ सय ९७ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...