कृष्ण जन्माष्टमीमा शोभायात्रा, उत्कृष्ठ भजन टोलीलाई नगदसहित सम्मान

फाइल तस्बिर

पोखरा, १५ भदौ / विश्वहिन्दु महासंघ कास्कीले यही भदौ १७ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा शोभायात्रा

गर्ने जनाएको छ । महासंघले ३१ वर्षदेखि जन्माष्टमीको अवसरमा शोभायात्रा गर्दै आएको छ। शोभायात्रा

पोखराको सभागृहचोकबाट शुरु हुने छ । बैदामस्थित केदारेश्वर महादेवमणि सेवा आश्रममा पुगेर समापन

कार्यक्रम गरिने विश्वहिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले जानकारी दिए । कार्यक्रममा बालसन्त

मोहन शरण देवाचार्य, बेदान्त दर्शनका ज्ञाता डा. लेखनाथ आचार्य, ब्रह्मकुमारी इश्वरीय राजयोग

विश्वविद्यालय नेपालकी निर्देशक राजयोगिनी ब्रह्मकुमारी प्रणीता दिदी, वैष्णव युवा परिषदका अध्यक्ष

मुक्रिनाथ सन्त सेवा आश्रमका स्वामी ऋषि प्रपन्नाचार्यको उपस्थिति रहने समेत बिहीबार आयोजित पत्रकार

सम्मेलनमा जानकारी दिइयो ।

बाजागाजासहित शोभायात्रा निकालिने छ । कार्यक्रमलाई भव्य बनाउन कलाकारको प्रस्तुती समेत रहने छ ।

राष्ट्रियस्तरका कलाकारहरुले आफनो प्रस्तुती दिने जानकारी गराईयो । कार्यक्रम दाताहरुले दिएको आर्थिक

सहयोगबाट सम्पन्न गरिने लक्ष्य राखिएको विश्वहिन्दु महासंघ पोखरा महानगरपालिकाका नगर । अध्यक्ष

अशिलकुमार शाहीले बताए । शोभायात्रामा सहभागि धार्मिक संस्थाको झाँकीलाई पुरस्कृत गरिने छ ।

प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार ५ सय र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना पुरस्कार स्वरुप २

हजार रुपैयाँ प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट टिम शोभायात्रामा सहभागि राधाकृष्णमा प्रथम हुनेले नगद ५,

३ र २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

भजन प्रतियोगिता समेत आयोजना गरिने छ । भजन प्रतियोगितामा विजेता समूहलाई ३० हजार रुपैयाँ प्रदान

गरिने छ । त्यस्तै दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार

स्वरुप ५ हजार रुपैया हस्तान्तरण गरिने छ । उत्कृष्ठ नृत्य पुरस्कारबाट ५ हजार रुपैयाँले सम्मान गरिने छ ।

उत्कृष्ठ भजन झाँकीलाई समेत पुरस्कार स्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ ।

आमा समूहको उत्कृष्ठ प्रतियोगिता तर्फ नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेले नगद १० हजार रुपैयाँ,

दोस्रोलाई ७ हजार ५ सय, तेस्रोलाई ५ हजार र सान्त्वना पुरस्कार स्वरुप नगद २ हजार रुपैयाँ प्रदान गरिने

विश्वहिन्दु महासंघ कास्कीले जनाउको छ । कार्यक्रम दिउँसो २ बजेदेखि ६ बजेसम्म भजनकृतन गरिने छ ।

साँझ ७ बजेपछि राती १२ बजेसम्म कृष्ण झुला, ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । संगीतमय

प्रवचन भने युवा भागवत भाष्कर पण्डित कमलनयन गौतमले दिने छन्।

कमेन्टहरु
Loading...