कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता

पोखरा, १५ मंसिर / शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्बर २ मा मत गणना मध्यरातमा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाट मत गणना सुरु भएको हो । पोखरा ३३ को मतगणना सकिदा नेकपाकी उमेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।

उनलाई ३ हजार २ सय ७६ मत खसेको छ भने नेपाली काग्रेसका उमेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका छन् । त्यसै गरि समाजबादी पार्टी धर्मराज गुरुङले ९५, राप्रपाका रोमबहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेकी छन् ।

पोखरा ३३ मा ७ हजार ९ सय ९१ मतदाता रहेकोमा ५ हजार ६ सय ४२ मत खसेको थियो । जस मध्ये ५१ मत बदर भएको छ । १०ः३० बजेबाट मत गणना गर्ने भनिए मध्य रातमा १ बजेर ४० मिनेट जादाँ मात्रै मत गणना सुरु भएको हो ।

मतपेटिकामा लगाएको शिल्डका रुजु गर्ने कि नगर्ने भन्ने विषयमा दलहरु विच विवाद हुदाँ मतगणनाका शुरु हुन सकेको थिएन । कास्की–२ मा ६३.४० प्रतिशत खत खसेको निर्वाचन कार्यालय जनाएको छ ।

अघिल्लो आम चुनावमा ६७ प्रतिशत मत खसेको यो क्षेत्रमा यसपटक ४ प्रतिशत कम मत खसेको हो । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...