आयोगद्धारा उजुरी दिन आह्रान

पोखरा, २४ असार /मानवअधिकारको गम्भिर उलघंन सम्बन्धि घटनाको उजुरी दिन छुट भएका द्धन्द्ध पीडितहरुलाई उजुरी दिन आह्रान गरिएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग पोखराले विज्ञप्ती जारी गर्दै राज्य पक्ष र तत्कालिन नेपाल कम्पुनिष्ट पार्टी माओवादी बिच २०५२ साल फाल्गुण १ गते देखी २०६३ मंसिर ५ गते सम्म भएका उल्घंन सम्बन्धी घट्नाको लागि आह्रान गरेको हो ।

पिडितले असार २५ गते आईतवार देखि श्रावण २४ गतेसम्म सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालय काठमाडौं तथा प्रदेश नंन्म ४ को आयोगको कार्यालय अन्नपूर्णमार्ग,पोखरामा पनि उजुरी दिन सक्ने छन् । आयोगको इमेल र फ्याक्स मार्फत पनि उजुरी दिन सकिने सत्य निरुपण तथा मेलमिलाप आयोग पोखराका संयोजक इश्वरी प्रसाद वन्जाडेले जानकारी दिनुभयो ।

सरकारले ७ वटै प्रदेशमा कार्यालय स्थापना गरि उजुरी लिन शुरु गरेको हो । सशश्त्र द्धन्द्धको क्रममा ४ नम्वर प्रदेशमा राज्य र गैह्रराज्य पक्षबाट थुप्रै मानवअधिकारको गम्भिर उलघंन भएका छन् । प्रदेश नं. ४ को कार्यालय असार ७ गते स्थापना भएको थियो ।

कमेन्टहरु
Loading...