आमहड्ताल बिफल पार्ने प्रयास, पोखरा सहित देशभरको जनजिबन प्रभाबित

पोखरा २५ कार्तिक । निर्बाचन बहिस्कारमा रहेको नेकपा–माओबादी नेतृत्वको ३३ दलिय मोर्चाले आबहन गरेको आमहड्तालको कारण आज बिहानै देखि पोखरा सहित देशभरको जनजिबन प्रभाबित बनेको छ । बन्दको कारण यातायात, कलकारखाना, बजार पसल, शैक्षिक संस्था सबै ठप्प छन् ।


बन्दकर्ताहरुले बिहानै केही ठाउँमा गाडी तोडफोड गरेका छन् । सरकारले बन्द असफल पार्न सुरक्षा व्यवथा कडा पारेपनि सुरक्षाकर्मीलाई छल्दै ठाउँ ठाउँमा तोडफोड भइरहेका छन् । काठमाण्डुको कोटेश्वर नजिकै नागरिक दैनिकको गाडी तोडफोड गरिएको छ । दोलखामा अरनीको यातायात सेवा समितिको तीन वटा बसमा आगजानी गरेको छ । त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको जीपमा पनि आगजानी भएको छ ।
बन्द निस्तेज पार्न ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएपनि बन्दको प्रभाब कायमै छ तर प्रहरीले केहि सवारी साधनलाई भने सुरक्षा दिएर सञ्चालनमा ल्याएको छ । प्रहरी सुरक्षामा पोखरा नगर क्षेत्रमा सार्बजनिक सवारी साधन संचालनमा आउन थालेका छन् ।
सरकारले बन्दको क्रममा भएको क्षतिको क्षतिपूर्ति दिने भन्दै सवारी सञ्चालन गर्न आह्वान गरेको भए पनि सार्वजनिक सवारी पूर्ण रुपमा संचालनमा आउन नसक्दा सर्बसाधारणले सास्ती पाएका छन् । पोखराका चोकचोकमा प्रहरी, शसस्त्र र सेना परिचालन गरिएको छ । नेपाली सेनाले पनि सुरक्षाका लागि गस्ति गरिरहेको गृहमन्त्रालयले जनाएको छ ।
कास्कीको नगरक्षेत्र पोखरा र लेखनाथ संगै ग्रामिण क्षेत्रमा सुरक्षा तैनाथी बढाईएको कास्की प्रहरीले जनाएको छ । बहिस्कारबादीको बन्द लगायतका आन्दोलनलाई निस्तेज पार्न पश्चिमाञ्चलमा प्रशस्त सुरक्षाकर्मी परिचालन गरिएको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लोकदर्शन रेग्मीले बिग न्युजलाई बताए ।
पर्यटकिय क्षेत्र भएकाले पोखरा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक बन्दको मारमा परेका छन् । अघिपछिको बन्दमा निर्बाद सञ्चालनमा आउने पर्यटक बस पनि पूर्ण रुपमा चल्न सकेका छैनन् । पोखराबाट केहि पर्यटक बस प्रहरी सुरक्षामा बाहिरिएको हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीले ठाउँ ठाउँबाट तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । काठमाण्डुबाट मात्रै १८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबिच सरकारले सरकारी कर्मचारीलाई बन्दमा अनिवार्य गाडी चलाउन निर्देशन दिएको छ । गाडी नचलाए कार्यलय प्रमुखलाई विभागीय कारवाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । बन्दमा गाडी तोडफोड भए सरकारले ९० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । सरकारले सार्वजनिक यातायातका साधान चलाउन पनि आग्रह गरेको छ । त्यस्तै उद्योग बार्णिज्य महासंघले पनि यातायातका साधान चलाउन आग्रह गरेको छ । बन्दले देशको प्रगति नहुने भन्दै महासंघले बन्दको विपक्षमा उभिन सबैलाई आग्रह गरेको छ । सरकारले आमहड्ताल विफल बनाउन मुख्य सडक, गल्लीमा सुरक्षा कर्मी परिचालन गरेको बताएको छ । प्रहरीका प्रवक्ता गणेश केसीले नेपाल प्रहरी र शसस्त्र प्रहरीले कडा सुरक्षा बनाएको दावी गर्नुभयो । प्रहरीले ठाउँ ठाउँमा राखिएको शंकास्पद बस्तु बम नभएको र आतंकित पार्नमात्र प्रयोग गरेको बताएको छ ।

कमेन्टहरु
Loading...