आज उल्का वर्षा हुने ,नेपालको जुनसुकै कुनाबाट पनि देखिन सकिने (METEOR SHOWER)

आज राति मिथुन उल्का वर्षा अत्याधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न सक्नेछन । आज राति चन्द्रोदय ३:५६ बजे र भोलि बिहान सुर्योदय ६:४६ बजे हुने भएकोले अवलोकनको लागि राति ८:४५ बजे देखि ३:५६ बजेसम्मको समय अनुकुल हुनेछ ।

मंसिर १८ देखि पुष १ गते सम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति भने अत्यधिक सक्रिय हुनेछ ।

कमेन्टहरु
Loading...