CAN

कास्कीको मतगणना शनिबार रातिबाटै

716

पोखरा, १४ मंसिर / कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार राति देखी नै सुरु हुने भएको छ ।

शनिबार राति १० बजे पछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साझँ ८ बजे सम्म सबै मतपेटिकाहरु जिल्ला समन्व्य समिति कास्कीमा ल्याइसक्ने र दलहरु सगँ बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।

दलहरु सगँको छलफल पछि राति १० बजे पछि गणना गर्न शुरु गर्ने साहेक निर्वाचान अधिकृत रामचन्द्र उपाध्यले जानकारी दिए । उनले राति नै गणना गर्ने सहमति नभएमा मात्रै आइतबार विहानबाट गणना गर्न शुरु गर्ने बताए ।

गणना गर्ने स्थान जिल्ला समन्वय समितिको हलमा सिसि क्यामेरा र तार जाली लगाएर तयार पारीको उनले बताए ।