CAN

उपनिर्वाचनको लागि कास्कीमा सम्पुर्ण तयारी पुरा

307

पोखरा, १३ मंसिर / शनिबार हुने उपनिर्वाचनको लागि आवश्यक तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी लगायत सम्बन्धित निर्वाचन स्थानमा पुगरे तयारी गरि सकेको बताएको छ ।

निर्वाचन हुने स्थलको व्यवस्थापनको काम समेत पोखरामा सम्पन भएको छ । पोखरामा कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुदैछ । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि भोली उपनिर्वाचन हुँदैछ ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि लागि ३२ मतदानस्थलका मा ८२ केन्द« रहेको सम्पुण तयारी सकिएको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए । उनले निर्वाचन सामग्री अन्तर्गत मतपत्र, मतपेटिका, सुरक्षण सिल, मतदाता परिचयपत्र मार्कर पेन, स्वस्तीक छाप रवर लगायत सामग्री प्रहरीको सहयोगमा सम्बन्धित मतदानस्थलमा पु¥याईएको छ । मतदाता परिचय पत्र वितरण समेत भएको छ ।

मतदान केन्द्रमा उत्तिकै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी परिचालन भएका छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत १ जना, सहायक मतदान अधिकृत १ जना, कर्मचारी २ जना र सहयोगी १ गरी कुल ५ जना रहने व्यवस्था मिलाइएको छ ।

कास्की क्षेत्र २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् ।

उपनिर्वाचनको सुरक्षाका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको छ । शुक्रवार राती १२ वजे वाट शनिवार ८ वजे सम्म सम्पुर्ण सवारी साधनलाई रोक लगाएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।