अन्नपूर्ण क्षेत्रमा पर्यटक पहिल्याउने नया प्रबिधिको प्रयोग

गोकुल बानीया
पोखरा, १९ पौष/नेपाल भ्रमणमा आउदा पदयात्राको क्रममा अल्मिलिएर कतिपय पर्यटक बेपत्ता भएका खबरहरु आईरहदा पर्यटक पत्ता लगाउने नयाँ प्रबिधिको बिकास गरेको छ । नेपालका विकट क्षेत्रमा ईन्टरनेट सेवा पु¥याउदै आएका महाबिर पुनको अग्रसरतामा निर्माण भएको टुरिष्ट ट्रयाकिङ सिस्टमको शुक्रबारदेखि परिक्षण प्रयोग सुरु भएको छ ।

mabir punअन्नपूर्ण संरक्षण क्षेत्रमा ६ महिने परिक्षण थालिएको यो प्रबिधिले प्रभाबकारी काम गरे कारणबस पर्यटक बेपत्ता हुने क्रम घट्ने र खोजी र उद्धारको लागि समेत सहज हुने अपेक्षा गरिएको छ । तत्कालको लागि घान्द्रुक, छुम्रुङ, देउराली, प्रितम देउराली, घोरेपानी र सिखमा ६ वटा रिपिटर टावरमार्फत सेन्चुरी ट्रेकिङ पर्यटन क्षेत्रका पर्यटकिय पैदल मार्गमा यसको प्रयोग गरिएको हो । टावरको करिब २ किलोमिटर सम्म ई–ट्याग नाम दिईएको यो प्रबिधिले काम गर्ने पुनले जानकारी दिए ।

बैंकक स्थित एसिया प्यासिफिक टिली कम्युनिटिको आर्थिक सहयोगमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यो प्रबिधि प्रयोगमा ल्याएको हो । विकट तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु भ्रमणको क्रममा बेपत्ता वा दुर्घटना हुदा तत्काल घटनास्थल पहिल्याउनुको साथै उद्धारको लागि सुचना दिने प्रभावकारी माध्यमको रुपमा यसलाई प्रयोग गर्न सकिने पुनले बताए ।

कुनै कारणबस बाटो बिराएमा ई–ट्यागमा रहेको दुई बटम मध्य रातो बटम ५ सेकेण्ड सम्म लगातार थाचेमा सम्बन्धित निकायमा आपतकालिन संकेत पुग्ने उनले जनाए । पुनका अनुसार पेन ड्राईभ आकारको यो ई–ट्याग बोक्ने पर्यटक रिपिटर टावर मार्फत कुन स्थानमा पुग्यो भनेर ईन्टरनेट मार्फत जानकारी लिन सकिनेछ ।

३० हजार डलर खर्चिएर अहिलेको लागि तयार २ सय थानलाई शुक्रबारबाटै प्रयोगमा ल्याईएको हो । यो प्रबिधि जठित ई–ट्याग अन्नपूर्ण संरक्षण क्षेत्रको पोखरा काउण्टर वा सम्बन्धित ट्रेकिङ कम्पनीबाट प्राप्त गर्न सकिने आयोजनाका निमिक्त प्रमुख नरबहादुर अंगाईले बताए । पदयात्रामा जाने पर्यटक वा ट्रेकिङ कम्पनीले एक हजार रुपैया धरौटीमा ई–ट्याग प्राप्त गर्न सक्ने र फिर्ता भएपछि पुन सम्बन्धित स्थानमा बुझाउनुपर्ने ब्यबस्था गरिएको छ ।

कमेन्टहरु
Loading...