लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा बास्तोला

पोखरा, ११ चैत /लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा विष्णुप्रसाद बास्तोला निर्वाचित भएका छन् । लायन वर्ष २०१६÷१७ का लागि क्लबले नयाँ नेतृत्व चयन गरेको हो ।

लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा बास्तोला
लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा बास्तोला

क्लबको दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा देवी तिमिल्सिना, तृतीय उपाध्यक्षमा रूक्मागत भण्डारी (विश्वास) र सचिवमा सुरेन्द्र पौडेललाई सर्वसम्मत चयन गरेको छ । क्लबको कोषाध्यक्षमा सुनादेवी श्रेष्ठ (मल्ल), सहसचिवमा दधिराम दाहाल र सहकोषाध्यक्षमा विजय पाठक निर्वाचित भएका छन् । पि.आर.ओ.मा विकास भुर्तेल, एम.सि.पि.मा श्रीकान्त चापागाईं, टेमरमा दीपेन्द्रराज आचार्य, टेइल टुइस्टरमा रामजी नेपाली निर्वाचित भएका छन् ।

डाइरेक्टरमा होमप्रसाद श्रेष्ठ, लोकनाथ भण्डारी, बुद्धि भण्डारी, हरि थापा, मनोज केसी र पोषबहादुर भुजेल चयन भएको वर्तमान अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए । निर्वाचन मण्डलमा जोन चेयरपर्सन एमजेएफ मदन द्वा, क्लबका अध्यक्ष कृष्णराज पोखरेल र टेमर दुर्गाबहादुर थापा थिए । अधिवेशनको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जोन चेयरपर्सन एमजेएफ मदन द्वाले सामाजिक क्षेत्रमा लायन्स क्लबले पु¥याएको योगदान महतवपूर्ण रहेको बताए ।

कमेन्टहरु
Loading...