कास्की रेडक्रसद्धारा “रक्तदान गरौं र गराऔं” निवन्ध लेखन प्रतियोगीता

पोखरा, १८ साउन /नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको आयोजना तथा शान्त माध्यामिक बिद्यालय, भकुण्डेको ब्यवस्थापनमा शुक्रवार “रक्तदान गरौं र गराऔं” भन्ने शिर्षकमा मा.वि. स्तरीय निवन्ध लेखन प्रतियोगीता सम्पन्न भएको छ ।

कास्कीका सामुदायीक तथा निजि गरी कुल २८ विद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको उक्त कायक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी, जुनियर युवा समिति कास्कीका संयोजक बिष्णुप्रसाद भण्डारीले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्र सिमित नहुन अनुरोध गर्दै समसामयीक चासो, घटना र परीस्थीतिका बारेमा जानकार भए असल विद्यार्थीको दायीत्व रहेको बताए ।

उनले युवा तथा जुनीयर र्सकलहरु रेडक्रस अभियानका मेरुदण्ड भएकाले उनिहरुको नेतृत्व तथा क्षमता अभिवृद्धी गर्ने उद्ेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरीएको बताए ।

शान्त माध्यामिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले रक्तदान जस्तो अति महत्वपुर्ण बिषयमा विद्यार्थीहरु सु–सुचित रहन यस्ता कार्यक्रम उपयोगी भएकाले आगामि दिनमा पनि रेडक्रस सँग समन्वय गरी थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रमकै अवसर पारी शान्त मा.वि का प्रधानाध्यापक तिर्थ ढकालले पुर्ण निशुल्क शिक्षा अभियान अन्तर्गत स्व. पिताको स्मृतिमा गठित “हुमनाथ ढकाल स्मृति प्रतिष्ठान” मार्फत तिन जना बिपन्न विद्यार्थीहरुलाई अध्ययन अबधिसम्म लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठानले ब्यहोर्ने जानकारी प्रतिष्ठानका सभापति समेत रहनुभएका ढकालले गराए ।

कार्यक्रममा स्वागत मन्तब्य यु.रे.स. शान्त माबिका उपसभापति सुसान्त गुरुङ्ग र सात सिद्धान्त कविता अधिकारीले वाचन गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका प्रचार्य तिर्थ ढकाल, नेपाल रेडक्रस सोसाईटी, जुनीयर युवा समिति कास्कीका सदस्य कृष्णप्रसाद चापागाँई, भकुण्डे टोल विकास समितिका अध्यक्ष बुद्धि बहादुर खड्का, शिक्षक नायक सुर्य प्रसाद तिमिल्सिना, शिक्षक शिव लामिछाने, शिक्षक हेमप्रसाद तिमिल्सिनाले शुभकामना मन्तब्य दिनुभएको उक्त कार्यक्रमको अध्यक्षता युरेसका सभापतिले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...