पोखरामा आज पनि बम विष्फोट, एक घर ध्वस्त (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, १ मंसिर/पोखरामा आज पनि बम विष्फोटन भएको छ । कास्को सराङकोट गाविस ६ गुफाको डाडामा शक्तिशाली बम विष्फोटन भएको हो । अज्ञात समुहले गरेको विष्फोटनबाट एक घर भत्कीएर नस्ट भएको छ । उक्त घर पर्यटन व्यवसायका लागी निलकण्ठ बरालले निमार्ण गरेका थिए । केहि वर्षबाट खाली रहेको एक तले घर भत्कीनुका साथै टिन बमले उठाएर टाढा टाढा सम्म पु¥याएको छ । पोखराको लेकसाइडबाट करिब १ किलो मिटर टाढा रहेको गुफाको डाडामा बम पड्कीएको हो । बम पड्कीए पछि पोखराका विभिन्न ठाउँमा सम्म आवाज पुगेको थियो । बम पड्कीए पछि पोखरामा बासीन्दा आतिएका थिए । बम पड्कीए पनि लामा समय सम्म ठुलो मुस्लो आगो बलेको स्थानीयले जानकारी दिए ।

घटना स्थालमा एउटा मोवाइल फेलापारेका कारण बम विस्फोट गराउने समुहलाई पक्राउ गर्ने वडा प्रहरी कार्यालय पोखरा ६ का प्रमुख झवीन्द्र भट्टराईले जानकारी दिए । हिजो पनि कास्कीको काहुँ गाविसमा बम पड्कीएको थियो । कस्ले पड्काएको हो भन्नेबारेमा अझ सम्म पत्ता लाग्न सकेको छैन ।bomb pokhara (1) bomb pokhara (2) bomb pokhara (4) bomb pokhara (5) bomb pokhara (6)

कमेन्टहरु
Loading...