पोखरा न्युरोडको मिनी मार्केटमा आगलागी, २३ सटर जलेर नस्ट

सागर राज तिमिल्सिना
पोखरा, २८ साउन / पोखराको न्युरोडमा मंगलबार दिउसो एक मिनी मार्केटमा आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी हुदाँ करौंडैको क्षती भएको हो ।

आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि ७ व्यवसायीका २३ वटा सटरमा पुर्ण क्षति भएको कास्कीका प्रहरी प्रमुख एपि दानबहादुर कार्कीले जानकारी दिए ।

उनले पसलमा मुल्यवान सामग्रीहरु भएको भन्दै क्षतीको विवरण नआएको बताए । उनले करौंडैको क्षती भएको हुन सक्ने बताए । पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

दिउसो ४ बजे देखि सुरु भएको आगलागी २ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु निकालेर सडक मै राखीका थिए ।

पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
पोखरा भीषण आगलागी, लाखौंको क्षती
कमेन्टहरु
Loading...