जिरो किलो मिटर देखिको छ लेन सडक बनाउन ढिलाई

सागर राज तिमिल्सिना
पोखरा, ७ बैशाख/पोखराको जिरो कि.मी देखि विन्दुवासिनी मन्दिर सम्मको सडक विस्तार गर्ने योजनाको एक वर्ष ढिला हुने भएको छ ।

जिरो किलो मिटर देखिको छ लेन सडक बनाउन ढिलाई
जिरो किलो मिटर देखिको छ लेन सडक बनाउन ढिलाई

अहिले २ लेन मात्र सञ्चालनमा रहेको पोखरा वाग्लुङ राजमार्ग अन्तर्गतको सुरु विन्दुको करिव ३ कि.मी सडक चक्ल्याउन सरकारले दुई वर्षमा सक्ने गरि सम्झौता भए पनि दुई वर्षमा पुरा नहुने देखिएको छ ।

२०७२ को असार समान्त सम्ममा सकिसन्नु पर्ने भए पनि अहिले सम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । निर्माणाधिन ३ किमी सडकमा २ सय ८ वटा विद्युत पोल, ४५ वटा टेलिकम पोल, १ सय ५३ वटा रुख, ८ वटा घर, १ वटा पेट्रोल पम्प समेत हटाउने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिए । अहिले नाला बनाउने र पुर्ने काम अन्तिम चरणमा पुगको बताए । उनले यो आर्थिक वर्षमा सडक पुरा नहुने र अर्को आर्थिक वर्ष सम्ममा सम्पन्न भई सक्ने बताए ।

o km sadak पोखराको जिरो कि.मी देखि विन्दुवासिनी मन्दिर सम्मको सडक विस्तार गर्ने योजना
पोखराको जिरो कि.मी देखि विन्दुवासिनी मन्दिर सम्मको सडक विस्तार गर्ने योजना

२०७१ असार मसान्तबाट काम सुरु गरि दुई वर्ष भित्र सम्पन्न गरि सक्नु पर्ने उक्त सडकको निर्माण कार्य पहिले ठेकेदारले समयमा काम शुरु नगर्दा र पछि भुकम्प र नाका बन्दीका कारण १ वर्ष पछि सडक निर्माण कार्य लम्बिएको उनको भनाई थियो । सडक निमार्णका लागि रमन–मृत सञ्जिवनी जे.भी.ले जिम्मेवारी पाएको थियो ।

२५ मिटर फराकिलो सडक २ किलो ९ सय ७८ मिटर लामो हुने छ । जसमा १४ मिटर वीच सडक फास्ट ट्याक ३÷३ मिटर सर्भिस लेन र छेउछाउमा १.२. मिटर पैदल ट्रयाक रहने गरी डिजाइन तय भएको छ । रमन–मृत संजिवनी जे.भी. ले १३ करोड ३९ लाख २७ हजार ३ सय ४३ रुपैयामा ठेक्का पाएको हो ।

कमेन्टहरु
Loading...