सातौँ राष्ट्रिय युवा मेला २०१३ आज देखि पोखरामा सुरु

पोखरा, ४ फागुन/एमनेष्टी एन्टरनेशनको आयोजनामा तीन दिवसीय सातौँ राष्ट्रिय युवा मेला पोखरामा सुरु भएको छ । मेलाको उद्घाटन वरिष्ठ मानवअधिकार कर्मी तथा एमनेष्टि ईन्टरनेशनलका पुर्व अध्यक्ष कृष्ण पहारीले गरेका थिए । कार्यक्रममा पहारीले मानव अधिकार हनन् रोक्न युवाहरु अग्रपक्तिंमा आउनुपर्नेमा जोड दिए । उनले भोली पछुतोको आंशु बगाउनु भन्दा अहिले धेरै पसिना बगाउनु राम्रो हुने बताए । कार्यक्रममा युवा नेता विश्व प्रकाश शर्मा, नायिका केकी अधिकारी, एम्नेष्टी ईन्टरनेशनलका कोषध्यक्ष प्रताप पौडेल लगायतले एमनेष्टीका बारेमा जानकारी दिएका थिए । युवाहरुको जमघट गराई मानव अधिकारको बारेमा जानकारी गराउन आयोजित मेला फागुन ६ गतेसम्म चल्ने छ ।

सन् २००६ बाट युवा सदस्यता गठन गरी प्रारम्भ भएको ऐमनेष्टी ईन्टरनेशनलमा अहिले ४ हजार देखि ४५ सय सम्मको युवाको सहभागीता रहेको छ । मेलामा साहित्यकार, गायक, कलाकार, पत्रकार गरी फरक विधाका व्यक्तिहरुसँग अन्तरक्रिया गरिने छ ।

कमेन्टहरु
Loading...