यातायात मन्त्रीकै गाडी स्याङ्जाको खोलामा फेसपछि

पोखरा, २८ जेठ /भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी स्याङ्जाको खोलामा झण्डै पल्टियो ।

सोमबार अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डावाल गाडी पल्टिन लागेको हो । शहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो ।

मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए । उनी निथ्रुकै भिजेका थिए । खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए । गाडीमा मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता सवार रहेको बताइएको छ ।

कमेन्टहरु
Loading...