मजदुर र व्यवसायीद्धारा यातायात व्यवस्था कार्यालय गण्डकीमा ज्ञापनपत्र

पोखरा, ३० मंसिर/डिजेल ईन्जिनवाट सञ्चालन हुने ‘ज’ प्रकृतिका भाडाका सवारी साधनलाई रोक लगाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र यातायात मजुदर संघसंस्थाले आईतबार संयूत्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति र यातायात मजुदर संघगठनहरुले यातायात व्यवस्था कार्यालय गण्डकीमा ज्ञापनपत्र बुझाएका हुन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, नेपाल यातायात मजदुर संघ कास्कीका जीतवहादुर गुरुङ, अखिल नेपाल यातायात मजदुर संगठन गण्डकी अञ्चलका विष्णु खत्री र अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष सर्यमणी लामिछानेद्धारा हस्ताक्षरित ज्ञापनपत्र बुझाइएको हो ।‘निशेध गरिएका ‘ज’ प्रकृतिका गाडीहरुलाई यातायात व्यवस्था कार्यालयले सञ्चालनका लागि ईजाजत दिनुले पोखराको स्वच्छ वातावरणलाई प्रभाव परेको छ, गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराका अध्यक्ष बसन्त प्रधानले भने–‘यो गैर कानूनी हो । यसको खारेजी नगरिए हामी कडा आन्दोलनमा जान्छौं । यसमा यातायात व्यवस्था कार्यालय गण्डकीले विशेष ध्यान दिनुपर्छ ।’ गण्डकी अञ्चलमा अहिले करिव २ सय डिजेलवाट चल्ने ‘ज’ प्रकृतिका गाडीहरु छन् ।

नेपाल सरकारले विस २०५७ सालमा काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रमा ‘ज’ प्रकृतिका गाडी सञ्चालनमा रोक लगाएको थियो । पिकपमा १२ सिट पास गरी यातायात व्यवस्था कार्यालयले ग्रैरकानूनी रुपमा स्वीकृति दिने, निशेध गरिएका गाडी सञ्चालन हुदा“ प्रशासन मौन बस्नु, यातायात क्षेत्र प्रभाव पार्ने गरी यस्ता गाडी सञ्चालन भएकाले ज्ञापनपत्र बुझाईएको यातायात मजदुर संघसंस्थाले गुनासो गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, शिशुवा, स्थानिय श्रृगा यातायात व्यवसायी समिति, ट्याक्सी व्यवसाय समिति, गण्डकी ट्रक यातायात व्यवसायी संघ, गण्डकी मझौला मिनी ट्रक सञ्चालक समिति, गण्डकी ट्याक्टर व्यवसायी समिति र गण्डकी यातायात बस व्यवसायी समिति स्याङजाले नियम उल्घन भएको भन्दै यसलाई तत्काल सम्बन्धीत निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कमेन्टहरु
Loading...