राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधी एपीएफलाई

लक्ष्मीप्रसाद सापकोटा पर्वत १७ माघ/चौथो पर्वत महोत्सवको अवसर पारेर पर्वत उद्योग बाणिज्य संघको आयोजनामा भएको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ टीमले उपाधी हात पार्न सफल भएको छ । आज बिहान भएको फाईनल खेलमा एपीएफले न्यु डाईमण्ड काठमाण्डौलाई ३–०को सोझो सेटमा उपाधि हात पारेको हो । जीतसँगै एपीएफले नगद १ लाख, ट्रफी र प्रमाणपत्र हात परेको छ ।

पर्वतमा भएको महिला भलिवल
पर्वतमा भएको महिला भलिवल

दुई टिमबीच भएको प्रतिष्पर्धात्मक खेलमा एपीएफले न्यु डाईमण्डलाई २५–१४, २८–२६ र २५–२१ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । त्यसैगरि उप बिजेताको रुपमा रहेको न्यु डाईमण्डले नगद ६० हजार ट्रफी र प्रमाणपत्र हात पारेको छ । त्यसैगरि आजै सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा नेपाल प्रहरीको एनपीसीले पश्चिमाञ्चल भलिवल संघलाई ३–०को सेटले पराजित गरेको छ । तेस्रो स्थान हात पार्दै एनपीसीले नगद ४० हजार ट्रफी र प्रमाणपत्र हात पारेको छ भने सान्त्वना भएको पश्चिमाञ्चल टिमले १० हजार नगद लिई चित्त बुझाएको छ ।तस्वीर ः गणेश पौडेल

कमेन्टहरु
Loading...