महिला तथा बाल कल्याण कुञ्जको अध्यक्षमा उषा

पोखरा, ५ जेठ/पोखरा – १३ कुँडहरस्थित महिला तथा बाल कल्याण कुञ्जको छैटौ अधिवेशन तथा वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि उषा सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भगवती सिग्देल, सचिवमा सन्ध्या सिग्देल, सहसचिवमा कमला पगेनी, कोषाध्यक्षमा लक्ष्मी सिग्देल, सदस्यहरुमा बिना बराल, गंङ्गा सिग्देल, कमला भट्टराई, गृहलक्ष्मी सिग्देल र इन्द्र सिग्देल रहेका छन् ।

साधारण सभाले सचिव मञ्जु सिग्देलले प्रस्तुत गरेको बार्षिक र कोषाध्यक्ष सपना सिग्देलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सरस्वती सिग्देल संयोजक तथा शान्ति सिग्देल, इन्दिरा सिग्देल, मिरा सिग्देल, खिमादेवी सिग्देल सदस्य रहेको निर्वाचन समितिले अधिवेशन गराएको थियो । यसअघि साधारण सभाको उद्घाटनगर्दै बयोवृद्व महिला सदस्य गौरा सिग्देलले सदस्यहरु एकजुट हुन सके संस्थाले प्रभावकारी काम गर्न सक्ने बताईन् ।

त्यसअवसरमा स्थापनाकालदेखि संस्थाको विकासमा महत्वपुर्ण योगदान पु¥याएकोभन्दै बसुन्धरा सिग्देल, खिमादेवी सिग्देल, रञ्जना सिग्देल र राधिका सिग्देललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष एवं सल्लाहाकारहरु मिरा सिग्देल, इन्दिरा सिग्देल, सरस्वती सिग्देल, सम्मानित व्यत्तित्व बसुन्धरा सिग्देल, खिमादेवी सिग्देल, रञ्जना सिग्देल, राधिका सिग्देल, संस्थाका सदस्यहरु कमला पगेनी, भगवती सिग्देल र आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देलले शुभकामना दिएको बताए ।

कमेन्टहरु
Loading...