पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश मातहत दिन संघिय सरकार सगँ माग

पोखरा, २३ साउन /गण्डकी प्रदेश सरकारले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकार मातहतमा दिन माग गरेको छ । गण्डकी प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकारको मातहतमा सञ्चालन गर्न दिन संघिय सरकार सगँ माग गरेको हो ।

क्षेत्रिय अस्पताल केन्द्रिय सरकारको माताहतमा रहदा जनतालाई सेवा सुविधा दिन नसकेको भन्दै प्रदेश सरकारको मातहतमा दिन आग्रह गरेको सरकारका प्रबत्ता रामशरण बस्नेतले जानकारी दिए । संघिय सरकारको मातहतमा अस्पताल हुदाँ अस्पताललाई आवश्यक मेसिनहरु खरिद नगर्दा विमारीले दुःख भोग्नु परेको उनले बताए । पश्चिमाञ्च क्षेत्रिय अस्पतालमा सिटी स्कान मेसिन बिग्रिएको एक वर्ष भयो भने एमआरआई मेसिन अस्पतालले अहिले सम्म देखेको छैन ।

मन्त्रिपरिषद बैठकले मेसिन बिग्रदा जनताले दुःख पाएको र तत्कालका लागि इक्युपमेन्टको व्यवस्था गर्न बजेट समेत प्रदेश सरकारले माग गरेको छ । प्रदेश सरकारले गण्डकी प्रदेशमा एक हजार शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भए बमोजिम नै अस्पताललाई आफ्नो मातहतमा ल्याएर एक हजार शैयाको अस्पताल बनाउने योजना प्रदेश सरकारसंग छ । अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

त्यसै गरि पोखराको मणिपाल शिक्षण अस्पतालमा व्यवस्थापन र कर्मचारीविच पटक पटक हुने विवाद मिलाउनका लागि पूर्व जिल्ला न्यायधिश लिप्तबहादुर थापाको संयोजकत्वमा ८ सदस्यीय समिति बनाउने निर्णय गरेको प्रबक्ता बस्नेतले बताए ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुने प्रशासनिक कार्यक्रम नियमन गर्ने कार्याविधी २०७५ लाई मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । प्रदेश सरकार सञ्चालनका लागि नयाँ ऐनले नीति तथा कार्यक्रम, बजेट, वार्षिक योजना गर्न प्रशासकिय कार्याविधी विधेयकमा सैद्धान्तिक स्विकृति दिने निर्णय भएको उनले जानकारी दिए । प्रादेशिक सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने २०७५ तर्जुमाका लागि बैठकले स्विकृती दिएको छ ।

कमेन्टहरु
Loading...