मंगलबार र बुधबार मेघ गर्जन सहित पानी पर्ने

134

काठमाडौ, २० वैशाख /मंगलबार साँझदेखि काठमाडौं, पोखरा सहित मुलुकका पहाडी भेगमा हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बंगालको खाडीबाट जल वाष्पसहितको हावा आइरहेको र पश्चिमी वायु पनि सक्रिय हुने भएकाले मंगलबार दिउँसो बादल लाग्ने र साँझदेखि पानी पर्ने महाशाखाले जनाएको हो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने र बिहीबारदेखि मौसम सफा रहने बताए। ‘उपत्यकासहित पूर्वी भेग र पश्चिमी पहाडमा दुई दिन वर्षा हुन्छ’, श्रेष्ठले भने।

Get real time updates directly on you device, subscribe now.

Loading...