मतगणना कहिले गर्ने टुंगोलाग्न सकेन

काठमाडौं, २२ वैशाख /पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना कहिले सुरु गर्ने भन्ने अझै टुंगो लागेको छैन। निर्वाचन सम्बन्धी कानुनी व्यवस्था अनुसार निर्वाचन सम्पन्न भए लगत्तै मतगणना गर्नुपर्ने भए पनि राजनीतिक दलहरूले दोस्रो चरणको निर्वाचनलाई असर पर्ने भएकाले तत्काल मतगणना गर्न समस्या हुने बताइरहेका छन्।

आजको नयाँपत्रिकामा खबर छ । मतगणनाबारे राजनीतिक दलहरूको धारणा फरक–फरक देखिएको छ। प्रमुख दलहरूबीच पहिलो चरणको निर्वाचनको मतगणना कहिले गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन। प्रमुख दलका नेताहरूले दुवै चरणको निर्वाचनको मतगणना एकै पटक गर्नुपर्ने तर्क गर्दै आएका छन्। पहिलो चरणको निर्वाचनको मतगणना गरिए दोस्रो चरणको निर्वाचनको मतदानमा असर पर्ने उनीहरूको तर्क छ।

बिहीबार एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्त डा।अयोधीप्रसाद यादवलाई भेट गरी दोस्रो चरणको निर्वाचन १५ जेठ अगाडि नै गर्नुपर्ने र मतगणना एकै पटक गर्नुपर्ने धारणा राखेको थियो। ‘पहिलो चरणको तुरुन्त मतगणना गर्दा दोस्रो चरणको निर्वाचन प्रभावित हुन्छ,’ नेम्वाङले भने।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणअझै टुंगिएन मतगणना गर्ने मितिना कहिले गर्ने भन्नेमा अहिलेसम्म टुंगो नभएको बताए। मतगणना कहिले गर्ने भन्नेमा दलहरूबीच छलफल गरी छिट्टै टुंगोमा पुग्ने उनको भनाइ छ।

कमेन्टहरु
Loading...