मित लगाएर भोट बटुल्ने परिवार दलको कार्यक्रम

२९ वैशाख, काठमाडौं । नामै परिवार दल भएपछि परिवारको संख्या त बढाउनै पर्‍यो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आगामी चुनावलाई मध्यनजर गर्दै तराई मधेसका सबै जिल्ला पुगेर भिन्न-भिन्न जातिसँग मित लगाउनुहुने भएको छ ।चितवनको सौराहमा सम्पन्न परिवार दलको मधेस ब्यूरोको बैठकले ढकालले तराई मधेसका सबै जिल्लाको एक विपन्न घर परिवारसँग भेट्ने र भिन्न भिन्न जातिसँग मित लगाउने निर्णय गरेको हो ।

साथै अगामी दिनमा तराई मधेसका र हिमाल पहाडका जनताबीच स्दभाव र सहकार्यका लागि सयौंको संख्यामा मितेरी साइनो लगाउने परिवार दलको निर्णय छ । १० बुँदे सौराहा घोषणापत्रमा तत्काल संविधानसभा निर्वाचनको मिति तोक्न सरकारसँग माग गरिएको छ । देशको राजनीतिक माहोल र पार्टीको भावी रणनीतिका विषयमा भएको छलफलले थ्रेसहोल्ड नराखी निर्वाचनमा सहभागी गराउनुपर्नेमा समेत जोड दिएको छ । घोषणापत्रमा मङ्सिरको पहिलो हप्ता निर्वाचन हुनुपर्ने, आन्दोलनमा रहेका दलहरुसँग वार्ता गरी निर्वाचनतर्फ लाग्नुपर्ने, समानुपातिक सीट सङ्ख्या निर्धारण गर्नुपर्ने लगायतका विषय समेटिएका छन् ।

परिवार दल निर्वाचनमा सहभागी हुने र तराई मधेसका सम्पूर्ण जिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने पनि घोषणापत्रमा उल्लेख छ । आगामी संविधानसभाको निर्वाचनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने र सामाजिक आर्थिक रुपान्तरण गरी देशलाई समृद्ध पार्ने संविधान निर्माणमा बैठकले जोड दिएको छ । अध्यक्ष ढकालले तराई मधेसका सबै जनतासँग मितेरी साइनो कायम गर्ने पनि बताउनुभयो ।तराईका सबै जिल्लामा मित लगाएर तिनका परिवारको भोट तानेर फेरि समानुपातिकमार्फत संविधानसभामा पुग्ने र मन्त्री बन्ने परिवार दलका नेता ढकालको गज्जपको योजना छ । cp. onlinekhabar

कमेन्टहरु
Loading...