निर्मलपोखरीमा भलिबल प्रतियोगिता हुने

पोखरा, ११ भदौ/अभियान युवा क्लब निर्मलपोखरी वडा नं–२ ले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विशेष गरि युवाहरु विकृती नलागुन र सबै वडाका युवाहरु विच भाईचार कायम रहोस भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । भदौ २२ गते जनचेतन उच्च माविको प्राङगणमा उक्त प्रतियोगिता हुने अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा करिब १२ टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको वारेमा जानकारी दिदै अध्यक्ष गिरीले प्रतियोगिता अयोजना गर्न सबैको सहयोगको आवश्यक रहेको बताए । उनले युवाहरुमा शिक्षासँगै खेलकूदले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
प्रतियोगितामा भाग लिन टिमले दर्ता स्वरुप १२ सय शुल्क तिर्नु पर्ने क्लबले जनाएको छ । २०६४ सालमा स्थापना भएको क्लबले विगतका दिनमा खेलकुद लगायत समाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...