कालिका गाविसमा पुन अश्चतकालीन तालाबन्दी

कार्तिक २२ पोखरा/ गाउँ विकास समितिको विकास खर्च पक्रिया मिचेर खर्च गरेको आरोप लगाउदै कास्कीको कालिका गाउँ विकास समितिको कार्यालयमा पुन स्थानीय बासीन्दाले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । यसअघि भएको सम्झौता अनुसार छानबिन समिति बनेपनि छानबीन समितिले काम गर्नु भन्दा पनि स्थानीयबासीलाई प्रलोभनमा पारी गावीसमा भएका कमीकमजोरी र अनियमीततालाई ढाकछोप गर्न खोजीएको भन्दै उनीहरु पुन आन्दोलनमा उत्रीएका हुन् ।

आन्दोलनका कारण गाविस कार्यालयबाट हुनुपर्ने सम्पुर्ण कामकाज ठप्प बनेको छ । विकास खर्चको लागी छुट्याईएको पचास हजार रुपैया प्रक्रिया मिचेर गा.वी.स.का कर्मचारी, स्वास्थ्य स्वंमसेविका, राजनितिक दलका स्थानीय कार्यकर्ता चार दिन सम्म नेपालका विभिन्न ठाँउका अलावा भारतको दार्जलिङ्ग समेत पुगेको स्थानीयले आरोप लगाउदै आन्दोलन गरेका हुन् ।

गाउँको विकासको लागि आएको बजेटमा गाउँ विकास समितिका कर्मचारी लगायतले प्रक्रिया नपु¥याई अनियमीत तरीकाले खर्च गरेपछि आन्दोलन गरीएको हो । गाउँ विकास समितिमा एउटै व्यक्तिले दोहोरो सुविधा लिदै आएको समेत उनीहरुको आरोप छ । सर्घष समितिले दोहोरो सुविधा लिने कर्मचारीलाई विभागीय कारवाही हुनुपर्ने, जुन शिर्षकमा छुट्याइएको बजेट हो त्यही शिर्षकमा फिर्ता हुनुपर्ने लगायतका माग राखेका छन् ।

कमेन्टहरु
Loading...