स्याङ्गजा स्वरेकमा भलिबल प्रतियोगिता

पोखरा, ९ भदौ/स्याङजाको स्वरेकमा सोमबारदेखि भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने आयोजकले बताएका छन् । नवसृजना युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।
खेलकुदमार्फत युवा एकताको उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष घनश्याम पाण्डेयले बताए । युवाहरुको सक्रियतामा हुन लागेको प्रतियोगीताको तयारीको लागि क्लबका सदस्यहरु एक महिना अगाडी बाट खटिएकोले पनि प्रतियोगीता सभ्य संगै भब्य हुने आयोजकले दावि गरेको छ । प्रतियोगीतामा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...