नायिका उषा पौडेल अब हिन्दी चलचित्रमा पनि

पोखरा ७ भदौ, काठमाण्डौं । लामो समय देखि भारतीय सिरियलहरुमा काम गर्दै आएकी नायीका उषा पौडेल हिन्दी चलचित्रमा अभिनय गर्ने भएकी छन् । त्यसका लागी मुम्बईमा संघर्षरत नायिका उषा पौडेल बलिउडको चलचित्र ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा चलचित्रमा देखिने भएकी हुन् ।
usha-poudelउनले भर्खरै छायांकन सेको चलचित्र ‘सुन लड्की’ नायक तथा नायिका नयाँ छन् । उषा पौडेल चलचित्रकी मुख्य सहअभिनेत्री हुन् । ‘मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ उषाले बताएको भन्दै कान्तिपुर साप्ताहिकमा खबर छ ।
usha poudel 2विगत डेढ महिनादेखि काठमाण्डौंमा रहेकी उषाले भनिन् ‘मुम्बईमा साढे तीन बर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु । अहिले दुईमहिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ । यसपटकको मेरो बसाई नितान्त पारिवारिक र व्यक्तिगत भएको बताइन् । मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना ।’
महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन् । यता स्थापित भैसकेकी उषा अनायासै मुम्बई पलायन भईन् । ‘मुम्बई पलायन हुने सोच थिएन । हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ । ‘ उनले भारतीय टिभिबाट प्रशारण हुने विभिन्न टेलिसिरियल पनि खेली रहेकी छन् ।

कमेन्टहरु
Loading...