अमेरीकामा वम पड्काउनेको तस्विर सार्वजनीक

काठमाडौ, वैशाख ६ – महाशक्ति अमेरिका को बोस्टन शहरमा प्रेसर कुकर बम पढ्काउनेको आज चौथो दिन पनि छेउटुप्पा भेटिएको छैन । यद्यपी अकमेरिकी संघीय जाँच ब्यूरो (एफबीआइ)ले भने आशंका गरिएका ब्यक्तिको तस्विर र भिडियो सार्वजनिक गरेको छ । साथै सहयोगको लागि सार्वजनिक अपील गरेको छ ।

‘अधिकारीहरुले यिनै ब्यक्तिहरुको उक्त विष्फोटनमा हात रहेको बिश्वास गरेका छन्’ न्यूयोर्क टाइम्सले भनेको छ । ति तस्विर र भिडियो सीसी क्यामेरका हुन् । बोस्टनमा आयोजना गरिएको म्याराथुनमा गरिएको प्रेसरकुकर बमको विष्फोटनमा तीन जनाको मृत्यु भएको थियो भने १७० जना घाइते छन् ।

अधिकारीहरुले दुई वटा बम एकपछि अर्को विष्फोटन हुनुअघि एक जना मानिसले पछाडी बोक्ने कालो झोला भूइमा राखेको बताइएका छन् । अधिकारीहरुले अर्को एउटा सार्वजनिक नगरिएको भिडियोमा विष्फोटनपछि मानिसहरु भागदौड हुन थालेपछि दुई जना मान्छे बिस्तारै त्यहाँबाट जादै गरेको देखिएको पनि उल्लेख गरेको छ ।

कमेन्टहरु
Loading...