आफू अमेरिका जान नपाएपछि सहसचिवलाई मन्त्रीले विमानस्थलबाटै फर्काए

काठमाडौ, १० वैशाख/जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफू अमेरिका जान नपाएपछि अमेरिका जान लागेका मन्त्रालयका सहसचिव रामप्रसाद लम्साललाई त्रिभुवन विमानस्थलबाटै फर्काएका छन् ।

मन्त्रिपरिषद्को स्विकृति लिएर सरकारकै कार्यक्रममा अमेरिकाको न्युयोर्क जान लागेका सहसचिव लम्साललाई मन्त्री पासवानले विमानस्थलबाटै फर्काएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

गत डिसेम्बरमा पेरिसमा भएको कोप २१ को सम्मेलनबाट पारित भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा नेपालको लायन्स मिनिस्ट्रीबाट प्रतिनिधित्व लम्साललाई मन्त्री पासवानले आफूलाई अमेरिका जान सहयोग नगरेको भन्दै बीच बाटोबाटै फर्काएका हुन् ।

न्युयोर्कमा हुने जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको हस्ताक्षर गर्ने साइनिङ सेरेमोनीमा सरकारले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहित वातावरण मन्त्रालयका लम्साललाई त्यसतर्फ पठाउने निर्णय गरेको थियो ।

कमेन्टहरु
Loading...