बंगल एयरको जहाज काठमाडौमा दुर्घटना, जहाजमा आगो, ७८ जना यात्रु सवार

पोखरा, २८ फागुन /बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । जहाजमा आगोलागि भएको र आगोनियन्त्रणको प्रयास भएको छ ।

धवान मार्गमा बस्दै गर्दा आगोलागि भएको हो । आगालागि भएको जहाजको नजिकै रहेको बुद्ध एयर र यति एयर जहाजलाई त्यहाबाट अन्यत्र सारिएको छ । थप जानकारी आउन बाकी छ ।

कमेन्टहरु
Loading...