दुर्घटना भएको जहाजबाट १७ जनाको उद्धार, अरुको अवस्था अज्ञात

पोखरा, २८ फागुन/त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको युएस बंगल एयरको विमानमा रहेका १७ जनाको उद्दार गरिएको छ । उनीहरुलाई नर्भिक अस्पताल लगिएको छ । बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बंगलादेशबाट काठमाडौं आएको विमान त्रिभुवन विमानस्थलमा धावन मार्ग भन्दा बाहिर जादाँ दुर्घटना भएको प्रहरीको भनाई छ ।

जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । आगोनियन्त्रणको प्रयास भएको छ । आगालागि भएको जहाजको नजिकै रहेको बुद्ध एयर र यति एयर जहाजलाई त्यहाबाट अन्यत्र सारिएको छ । थप जानकारी आउन बाकी छ ।

कमेन्टहरु
Loading...