चुनावमा भाग लिन उपेन्द्र मोर्चाको ६ बुँदे बटमलाइन

२२ साउन, काठमाडौं । मधेसी जनआधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव नेर्तत्वको संघीय लोकतान्त्रिक मधेसी मोर्चाले प्रमुख चार दलको वार्तामा छ बुँदे माग राखेको छ । विघठित संविधानसभाको लोत्सेहलमा मंगलबार भएको वार्तामा मोर्चाले आफ्ना मागप्रति चारदल गम्भीर नभए निर्वाचन नहुने चेतावनी दिएको छ ।
4-party-vs-upendra
उपेन्द्र मोर्चाले चार दलीय उच्चस्तरीय समितिको खारेजी, प्रधानन्याधीशबाट खिलराज रेग्मीको राजीनामा, समानुपातिकमा पुरानै सीट संख्या कायम गरिनुपर्ने, निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण गरिनुपर्ने, मतदाता नामावली पुनः संकलन गरिनुपर्ने र बाधा अड्काऊमा भएका केही त्रुटीहरु सच्याउनुपर्ने छ वटा बटमलाइन पेश गरेको छ । ‘यी हाम्रा अन्तिम बटमलाइन हुन्, हाम्रा मागहरुप्रति चार दल गम्भीर भयो भने चुनाव हुन्छ, नभए हुँदैन’ वार्तापछि फोरम अध्यक्ष यादवले पत्रकारहरुसँग भन्नुभयो-’हाम्रा मागहरुबारे गम्भीरतापूर्वक छलफल भएन ।’
चार दलका तर्फबाट वार्तामा सहभागी एमाले नेता रघुजी पन्तले यादवको मोर्चासँगको छलफल साकारात्मक भएको बताउनुभयो । ‘हामीले उहाँहरुको कुरा गम्भीरतापूर्वक सुन्यौं, अरु दलका पनि कुरा सुन्छौं र बैठक बसेर उचित निर्णय लिन्छौं’-पन्तले भन्नुभयो ।
स्रोतका अनुसार उपेन्द्र मोर्चाले राखेको मागप्रति एमाओवादी नेतृत्व सकारात्मक देखिएको छ । कांग्रेसले छलफल गर्ने सक्ने बताए पनि एमाले नेतृत्वले भने सकारात्मक जवाफ नदिएको एक नेताले बताए ।
‘हाम्र्रो मागप्रति माओवादी धेरै सकारात्मक देखिएको छ । कांग्रेस पनि लचिलो छ’ वार्तामा सहभागी एक नेताले अनलाइनखबरसँग भने-’एमालेले भने कुनै प्रष्ट जवाफ दिएको छैन ।’ चार दलबीच छलफल गरेपछि अर्को वार्तामा छलफल गर्ने एमालेको जवाफ थियो । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...