एमाले हेमजा गाउँको अधिवेशन

पोखरा, ६ माघ/नेकपा एमाले हेमजा गाउँ कमिटिको नवौँ अधिवेशनले चुँडामणी तिमिल्सिनाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिनबहादुर थापा, सचिवमा श्रीराम त्रिपाठी र सहसचिवमा गोबिन्द बाँस्तोला चयन भएका छन् ।

शनिबार भएको अधिवेशनलाई नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै एमाले कास्कीका अध्यक्ष जिसीले एमाले अब स्थानियस्तरबाटै सांगठनिकरुपमा बलियो बन्दै जानुपर्नेमा जोड दिएका थिए । त्यस्तै अधिवेशनमा पुर्व सभासद् रवीन्द्र अधिकारीले जनस्तरमा एमालेको प्रभाव राम्रो बनाउनका लागी स्थानियस्तरबाटै एकताबद्ध भएर जानुपर्ने बताएका थिए ।

अधिवेशनबाट कार्यसमितिमा छनौट भएका कार्यसमिति सदस्यहरुलाई कास्की जिल्ला क्षेत्र नम्बर ४ का अध्यक्ष विष्णु केसीले सपथ ग्रहण गराएका थिए । त्यस्तै अधिवेशनमा राष्ट्रिय जनप्रतिनीधि परिषद्का सदस्य पुण्य पौडेल, कृष्ण नेपाली, सिता गिरी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य धर्मराज बाँस्तोला, जगन्नाथ बाँस्तोला, क्षेत्र नम्बर ४ का क्षेत्रीय कमिटि सदस्य केशवशरण पौडेल र देवकृष्ण पौडेल लगाएतले नवनिर्वाचित कार्यसमितिको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस हेमजाका सभापति माधवशरण बाँस्तोला, स्रोत व्यक्ति कृष्ण थापा, बहुउद्देश्यिय सामाजिक विकास संस्थाका अध्यक्ष कृष्णबहादुर कुँवर, युवा संघका केन्द्रिय सचिव माधव बाँस्तोला लगाएतले अहिलको वर्तमान राजनीतिक अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका थिए ।

साथै सोहि अवसरमा एमाले हेमजा गाउँ कमिटिले तीनजना ज्येष्ठ कम्युनिष्ट व्यक्तित्व चित्रबहादुर कार्की, हरिमाया त्रिपाठी र भिमप्रसाद भण्डारी संगै उत्कृष्ठ समाजसेवीको रुपमा हिमलाल तिमिल्सिनालाई सम्मान समेत गरेको छ ।

कमेन्टहरु
Loading...