एमालेले पार्टी परिचालन अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने

पोखरा, ९ जेठ/नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले संबिधान सभा निर्वाचनका लागी पार्टी परिचालन अभियानलाई कास्कीको चार वटै निर्वाचन क्षेत्रमा प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । केन्द्रिय कमिटीको निर्देशन अनुसार जिल्ला कमिटीको २३ औँ पुर्ण बैठकले एक महिने अभियानलाई योजना बनाएर सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका मुल अभियन्ता (केन्द्रीय प्रतिनिधी) को सहभागीतामा कास्कीको चार वटै निर्वाचन क्षेत्रमा पार्टीको क्षत्रीय कमिटीको बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश सिग्देलले जानकारी दिए ।

अभियानमा जिल्ला कमिटी कास्कीका सदस्यहरुलाई सम्बन्धीत क्षेत्रमा सक्रियता पुर्वक लाग्न बैठकले निर्देशन गरेको छ । संबिधान सभा निर्वाचनको लागी पार्टी परिचालन अभियानको लागी कास्की क्षेत्र न.१ मा मुल अभियन्तामा केन्द्रिय सदस्य टुका हमाल क्षेत्र न.२ को मुल अभियन्तामा गण्डकी अञ्चल सचिब मायानाथ अधिकारी, क्षेत्र न. ३ को मुल अभियन्तामा वैकल्पीक केन्द्रिय सदस्य एकबहादुर राना र क्षेत्र न. ४ को मुल अभियन्तामा पार्टी पोलीटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ्ग रहेका छन् ।

जिल्ला कमिटी कास्कीका अध्यक्ष मानबहादुर जि.सीको अध्यक्षतामा बसेको बैठकमा महासचिब इश्वर पोख्रेल, पोलीटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ्ग, वैकल्पीक पोलीटब्युरो सदस्य एव्म गण्डकी अञ्चल संयोजक खगराज अधिकारी लगाएतले पार्टीको भुमिकाको बारेमा प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...