युएई राजकुमार सगरमाथा शिखर नजिकै

युवराज घिमिरे

आफ्नो राजकीय पहिचान लुकाउँदै नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जागृति र धन संकलन गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानी सगरमाथा आरोहणको अन्तिम चरणमा छन् । मौसम र सबै परिस्थिति अनुकूल भएमा ३१ वर्षीय राजकुमार बुधबारसम्म सगरमाथाको चुचुरोमा पुग्ने दाबी उनको ट्रेकिङ एजेन्सीले गरेको छ । राजकुमार शेखसँग आएका २४ जनामध्ये १५ जनाको पहिलो टोलीले शनिबार नै चुचुरोमा पाइला टेकेको छ भने बाँकी नौ जना उनीसँग बुधबार त्यहाँ पुग्ने अनुमान गरिएको छ । राजकुमार शेख सोमबार बेलुका ८ हजार मिटरमा अवस्थित साउथ कोलमा छन् जुन चुचुरोभन्दा ८ सय ४८ मिटर तल छ ।resize_image (1)

राजकुमारले गोप्य राख्न चाहेको राजकीय पहिचानबारे कुटनीतिक वृत्तमा त्यसबेला अनुमान हुन थाल्यो जब टोलीका एक सदस्य मोहरक राहा हसनले टाकुराबाट फर्केपछि नेपालमा शिक्षा अभियानका लागि १० लाख डलर संकलन गर्ने घोषणा गरिन् ।

‘रिच आउट टु एसिया’ (रोटा) नामक संस्थाको घोषित लक्ष्यसँग मेल खाने उक्त घोषणापछि रोटासँग आबद्ध राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीको पहिचान र आरोहण टोलीमा उनको संलग्नताबारे जानकारी प्राप्त भएको हो । आफ्नो पहिचान नखोली आरोहणमा जानुपूर्व राजकुमारको टोली द्वारिका होटलमा बसेको थियो र केही खास व्यक्तिहरुसँगको अलगअलग भेटघाटमा आफ्नो मुलुकको हित प्रवद्र्धनसँगै रोटाको लक्ष्य (सुलभ शिक्षा) नेपालमा पनि फैलाउने आफ्नो चाहनाबारे छलफल गरेका थिए । राजकुमार शेखले नेपालमा केही सामुदायिक विद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गर्ने गरेको जानकार स्रोत बताउँछन् ।

सगरमाथा आरोहणपछि साउदी अरेबियाकी नागरिक २७ वर्षीया मोहराक मंगलबार बिहान लुक्लाबाट काठमाडौं फर्कंदै छिन् । उनीहरुको टोलीले राजकुमारको पहिचान र उनका च्यारिटीबारे औपचारिक रुपमा केही भन्ला÷नभन्ला, स्पष्ट हुन सकेको छैन । राजकुमार थानी ९ सदस्यीय टोलीमा छन् जसको नेतृत्व जेम्स माइकल होस्र्ट नामक अमेरिकीले गरेका छन् ।

शारजहाँको गल्फ तथा सुटिङ क्लबका प्रबन्ध निर्देशकसमेत रहेका राजकुमार थानीको पर्वतारोहणमा निकै सौख छ । यसअघि उनी अमेरिकाको एन्डिज पर्वत श्रृंखलाको अकानगग (६९६२ मिटर) मा चढिसकेका छन् भने यसअघि नै सगरमाथा आधार शिविरमा अभ्यास गरिसकेका छन् ।

सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा भएको सगरमाथाको सफल आरोहणको ६० औं वर्षको यो पर्वतारोहण सिजनमा जम्मा ३१ टोलीले शिखर चढ्न अनुमति हासिल गरेका छन् । cp. setopati.com

कमेन्टहरु
Loading...