निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई मजदुरको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ।

निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँका धनबहादुर क्षत्री र पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए।

‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कनेबेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष फगामीले जानकारी दिए ।

बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि निर्माणाधीन रहेको छ ।

कमेन्टहरु
Loading...