पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्यो, १९ को मृत्यु

पोखरा, १० भदौ /गौरबाट पोखरा आउदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खस्दा १९ जनाको मृत्यु भएको छ ।

गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खस्दा १९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ । बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस प्रहरीले देखे पछि उद्धार सुरु गरेको थियो । बस दुर्घटनामा परेका ६ जनालाई प्रहरीले उद्दार गरिएको छ । बसमा ३८ जना यात्रु चढेका प्रहरीको अनुमान छ ।

कमेन्टहरु
Loading...