तरण दल पुम्दी–भुम्दी ५ मा गुरुङ

भदौ १५,पोखरा/संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांगे्रसको भातृसंस्था नेपाल तरण दलले संगठन विस्तारलाई तिव्रता दिएको छ । संगठनले कास्की जिल्लाको पुम्दी–भुम्दीमा शनिवार बिक्रम गुरुङको सभापतीत्वमा २३ सदस्सीय कार्यसमीती चयन भएको छ ।
समितिको उपसभापती खुसीमान गुरुङ, सचीव मिलन बि.क., सहसचीव अरुण गुरुङ, कोषाध्यक्ष सुवास गुरुङ, सहकोषाध्यक्ष दुर्गाप्रसाद बराल रहेका छन् । सल्लाहाकारमा खेम बहादुर गुरुङ, हेमचन्द्र गुरुङ, तुलबहादुर गुरुङ, गमबहादुर गुरुङ र प्राण गुरुङ रहेका छन् ।
तरण दल पुम्दी–भुम्दीका सभापती प्रकास बरालको सभापत्विमा सम्पन्न कार्यक्रममा नेपाली कांगे्रस कास्की क्षेत्र नं ४ का सचीव प्रकास बराल, नेपाली कांगे्रस पुम्दी–भुम्दी का सभापती राजबहादुर गुरुङ लगाएतले प्रजातान्त्रिक विचार बोकेको तरण दलमा गोलबन्द हुँदै सेवा गर्न अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...